Google search engine

ज्येष्ठ सदस्यका रूपमा जबराद्वारा शपथ ग्रहण

६ पुस २०७९,
काठमाडौं ।

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराएकी हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म वि.सं.१९९८ मङ्सिर २४ गते भएको हो ।

राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ ।

संसद् सचिवालयले बिहीवार दिउँसो प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine