३ पुस २०७९,
काठमाडौँ।
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले कतार विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ ।
कतारको लुसेल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गर्यो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
निर्धारित ९० मिनेट २/२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।
अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको हो । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । त्यसअघि सन् १९७८ मा उपाधि जितेको थियो ।