Google search engine

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु

२७ मंसिर २०७९,
काभ्रे ।

काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा बस दुर्घटनामा हुदाँ १७ जनाको मृत्यु भएको छ ।

ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस आज साँझ दुर्घटना हुदाँ अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ब्रतबन्धका लागि बेथानचोक च्याल्टी पुगेर फर्किँदै गरेको बस दुर्घटनामा परेको हो ।

घटनामा परि घाइते भएकाहरुको धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine