Google search engine

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशप्रति गगन थापाको असन्तुष्टि

२६ मंसिर २०७९,
काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाले सरकारले अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै काम चलाउ सरकारले दुरगामी असर पार्ने काम गर्न नमिल्ने उल्लेख गरेका छन् ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाएर ट्वीट गर्दै थापाले शर्माको भनाइ पार्टीकै धारणा भएको बताएका छन् । शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।

पाँच दलीय गठबन्धन सरकारले सत्तालाई निरन्तरता दिनका लागि हत्याको अभियोगमा जेल परेकालाई छुटाउन अध्यादेश ल्याउने तयारी गरेपछि त्यसको सर्वत्र बिरोध भएको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले फौजदारी कार्यविधि अपराधसंहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

कैलालीको टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रबिक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परेर नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मी ,दुइजना शसस्त्र प्रहरी र दुई वर्षका बालक टेकेन्द्र साउद गरेर नौ जनाको मत्यु भएको थियो । यसको मुख्य योजनाकार रेशम चौधरी रहेको आरोप छ ।

चौधरीको मुद्धा सर्वोच्च अलादतमा विचाराधीन छ । त्यसैगरी सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ता र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कनर्यकर्तामाथि पनि विभिन्न मुद्धा लागेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय