च्याम्राङबेंसी, काभ्रे ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताएका छन् ।
बेथानचोक–१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यो आर्थिक वर्षमा गाउँपालिकामा ५ कि.मि. पक्की सडक बिस्तार गरिनुका साथै कृषि र पर्यटनका क्षेत्रमा पनि गाउँपालिकाले विकासका नयाँ आयामहरु थप्दै लगेको बताए ।
उनले सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि भएको र निजी क्षेत्र र कतिपय अवस्थामा राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिकहरूले सजिलै सम्पन्न गर्ने भएकोले चक्रेश्वर साकोसले पनि च्याम्राङबेंसीको विकासमा नागरिक सहभागिता, छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रमममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट शैक्षिक सम्मान तथा ज्येष्ठ सदस्यलाई सम्मान पनि गरिएको थयो । संस्थामा ३ सय ७८ महिला, ३ सय ६ पुरुष १ सय ४० गरी कूल ८ सय २४ जना सदस्य छन् । आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको कूल सम्पत्ति ४ करोड १२ लाख ६६ हजार ३ सय ५० रहेको, शेयर पूँजी २८ लाख ९९ हजार रहेकोे यस्तै कूल ऋण लगान ३ करोड १५ लाख २७ हजार ८ सय १२ र कूल निक्षेप संकलन ३ करोड १५ लाख ३३ हजार ३ सय ४९ रुपैया रहेको छ ।
कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी सस्था लि. का कार्यकारी अधिकृत केशव दाहाल, बेथानचोक गाउँपालिका वडा नं. १ अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना लगायतले चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै संस्थाले ग्रामिण भेगमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।