२४ मंसिर २०७९,
बेथानचोक, काभ्रे ।
बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ को भूमिमाता यूवा क्लबले हात पारेको छ । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब दोश्रो हुदाँ वडा नं. ६ को स्टार युवा क्लब तेस्रो भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार, प्रमाण पत्र र ट्रफी, दोश्रो हुने हुने टिमले नगद ३० हजार, प्रमाण पत्र र ट्रफी र तेश्रो हुने टिमले हुने टिमले नगद १५ हजार, प्रमाण पत्र र ट्रफी हाता पारेका छन् । विजेता टोली भूमेमाताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित भए । भुमिमाताकै प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोल रक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकर्ता हुन सफल भए । १६ वटा टिम सहभागी प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो ।
प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै यस्ता प्रतियोगितामा जोड दिने बताए । खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उनले आपसी सदभाव र भाइचारा वृद्धि हुने विश्वसा व्यक्त गरे । प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई समापन कार्यक्रममा सम्मान गरिएको थियो ।