२४ मंसिर २०७९,
काठमाडौं ।
नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसद टुंगो लगाएको छ। शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिले नाम टुंगो लगाएको हो।
कांग्रेसले पाएको ३२ समानुपातिक सिटमा २९ महिला र ३ पुरुष रहेका छन्। कांग्रेसले पुरुषतर्फ प्रवक्ता डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियारलाई सांसदमा पठाउने भएको छ।
यसैगरी महिलातर्फ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवादेखि गृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणसम्म समानुपातिक सूचीमा परेका छन् ।
नेपाली कांग्रेसको समानुपातिक सूचिमा परेका ३२ जना
खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की
जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
मधेशीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
थारुतर्फ
१. कल्पना चौधरी
२. विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुष
१. प्रकाशशरण महत (खस आर्य)
२. विमलेन्द्र निधि ( मधेसी)
३. जीवन परियार (दलित)