Google search engine

शिक्षक तथा कर्मचारीलाई तलब दिन माग

२३ मंसिर २०७९,

काभ्रे ।

नेपाली कांग्रेस काभ्रे शाखाले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधाहरु रोकिएको प्रति ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस काभ्रे शिक्षा शाखाका प्रमुख दिपेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको हो ।

देशका भविष्यका कर्णधारहरु उत्पादन गराउन आफ्नो जीवन व्यतित गर्ने शिक्षक तथा कर्मचारीहरु नै आफ्नो हक अधिकारबाट बञ्चित रहनुपर्ने अवस्था अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ।

काभ्रेका सबै स्थानीय तह, शिक्षा विकास समन्वय इकाई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाण्डौको समेतको ध्यानाकर्षण गरिएको छ ।

शाखाले आफ्नो अनुरोधलाई बेवास्था गरी श्रमजीवी शिक्षक कर्मचारीको दैनिकी माथि खेलबाड गरेमा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine