Google search engine

विश्वकप फुटबलमा क्वार्टरफाइनल यात्रा तय गर्ने टोली

२२ मंसिर २०७९,
काठमाडौं ।

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकिँदा अब ८ खेल बाँकी छ । खेल हुदैं जाँदा खेल्ने टिमको संख्या पनि घट्दैछ । खेल सकिदैं जाँदा उपाधि कसले पाउँला भन्ने कौतुहलता झन् बढेको छ । तर, विश्वकपको उपाधि जित्नका लागि भने पौष ३ गतेसम्म कुर्नुपर्नेछ ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको छ । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पोल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले र पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । यस्तै क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र मोरक्कोले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको छ ।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

क्वार्टरफाइनल पुग्ने ८ मध्ये ४ टिम पूर्व विजेता हुन् । यसबाहेक अन्य दुई टिमले यसअघि फाइनल खेलेपनि उपाधि जित्न सकेका छैनन् । एक टिम सेमिफाइनलसम्म पुगेको छ । अर्को टिम यसै संस्करणमा क्वार्टरफाइनल पुगेको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine