Google search engine

निर्माता सङ्घमा गिरी र बाँनिया मनोनीत

२१ मंसिर २०७९,
काठमाडौं ।

नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् ।

सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाएका छन् भने निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पार्ने व्यक्ति हुन् । उनीद्वारा निर्मित चौथो फिल्म ‘महापुरुष’ लामो समयदेखि हलमा प्रदर्शनरत छ ।

अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine