Google search engine

चोलेन्द्रलाई दिइएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

२१ मंसिर २०७९,
काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । संसद सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र दिएसँगै जबरालाई सर्वोच्च आउन रोक्नका लागि निवेदन पेस गरिएको हो ।

सर्वोच्च बार एसोसिएसनका सदस्‍य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद सचिवालयले जबरालाई दिएको पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनुपर्ने माग गरिएको छ।

निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल यही २७ गते सकिँदैछ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine