Google search engine

महाअभियोग प्रस्ताव जीवितैः सञ्चारमन्त्री कार्की

२१ मंसिर २०७९,
काठमाडौं ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँगको साक्षात्कारमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले आगामी प्रतिनिधि सभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताए । मन्त्री कार्कीले भने, ‘‘प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ। त्यो अर्को प्रतिनिधि सभामा छलफल हुने हो, त्यो विषय जीवितै छ। यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ।’’

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine