Google search engine

सर्वोच्च फर्कने तयारीमा चोलेन्द्र, सुरक्षा व्यवस्था कडा

२१ मंसिर २०७९,
काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै बुधबार दिउँसो सर्वोच्च फर्कने घोषणा गरेका छन् ।

चोलेन्द्रले आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जानकारी दिए ।

निवर्तमान प्रतिनिधिसभामा पेस भएको महाअभियोगको प्रस्ताव नयाँ संसद्ले अगाडि बढाउने नबढाउने कुनै निश्चित छैन । अहिले नै संसद् बस्न सक्ने अवस्था छैन । तर संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराले सोधेको पत्रको जवाफ भने दिएका छन् ।

उता, नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine