Google search engine

पार्टीभित्र अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

१८ मंसिर २०७९,
काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित आउँदो पुस १५ गतेभित्र विवरण केन्द्रमा पठाउनुपर्ने निर्देशन जारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय