Google search engine

गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय

१८ मंसिर २०७९,
काठमाडौं ।

नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद् गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

आइतबार बिहान बाँस्कोटाको भक्तपुरमा रहेको घरको कम्पाउण्ड छेउमा शङ्कास्पद वस्तु रहेको खबर आएपछि बम डिस्पोजल त्यहाँ पुगेको थियो । त्यस क्षेत्रलाई घेरेर राखिएको थियो । यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको थियो ।

सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पारेको र त्यहाँ विस्फोटक पदार्थ केही पनि नभेटिएको सेनाले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine