१७ मंसिर २०७९,
स्याङ्जा ।
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित भएको छ ।
गुरुङले ५ हजार ९७५ मतले अग्रता लिएका छन् । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ ।
पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी पद्मा अर्यालले २३ हजार ५९१ मत प्राप्त गरेकी छिन् । छ ।
यस्तै, प्रदेश (ख) मा पनि कांग्रेसका महेश भट्टराई जितनजिक पुगेका छन् । भट्टराईले १७ हजार २१९ मत पाउदाँ एमालेका बुद्धिमान श्रेष्ठले १४ हजार १२१ मत प्राप्त गरेका छन् ।