Google search engine

आफ्नो नेतृत्वमा सरकार बनाउन सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

१७ मंसिर २०७९
काठमाडौं ।

नेकपा माओवादी केन्द्रले भावी सरकार गठनको लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

चुनावी परिणामको समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार अपरान्ह बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकार गठनका लागि सबै विकल्पहरू खुला राख्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने गरी विकल्पहरू खुला राखिएको जानकारी दिए ।

महराले बैठकमा पार्टी पदाधिकारीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेको बताए ।

भावी सरकारको नेतृत्व बारे सत्तागठबन्धनमा रस्साकस्सी चलिरहेको बेला माओवादी केन्द्रले नेकपा एमालेसहित अन्य दलहरुसँग समेत गठबन्धनको लागि खुला रहने निर्णय गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन दबाब दिने रणनीति लिएको छ । माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine