Google search engine

मुचुल्का गरेकोभन्दा बढि मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकियो

१६ मंसिर २०७९,
बाजुरा ।

बाजुरामा हिजोदेखि शुरु भएको मतगणना कार्य फेरि रोकिएको छ।

बाजुराको हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको बताइएको छ । यसअघि ७ हजार ५ सय १० मत गणना हुँदा नेपाली काँग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमति भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको थियो तर अहिले फेरि विवाद भएपछि गणना रोकिएको हो ।।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine