Google search engine

धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१६ मंसिर २०७९,
धनगढी ।

धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार बिहान ग्रेडरले कुल्चिएर धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी चेतना साउँदको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए । उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि आज बिहानैबाट विद्यार्थीले विद्यालय पोसाकमै प्रदर्शन गरेका छन्।

आज बिहानै देखि विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रहरी पनि आक्रमक शैलीमा प्रस्तुत भएका छन्। प्रदर्शनमा उत्रिएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine