Google search engine

काभ्रेमा ३२ हजार मत बदर

१६ मंसिर २०७९,
काभ्रे ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो ।

काभ्रेमा एक लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए । जिल्लामा हालसम्मको मतदाता संख्या भने ३ लाख १० हजार ६३ रहेको छ । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए ।

क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७२२ मत बदर भएको छ । क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ १हजार ५ सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ १ हजार ४ सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ ४ हजार ८ सय ७२ मत बदर भएका थिए ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३ हजार ८३७, समानुपातिकतर्फ ३ हजार ९१३ तथा क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ १ हजार ४५१, क्षेत्र नं २ (२) मा १ हजार ७५१ तथा समानुपातिकतर्फ ५ हजार ४२६ मत बदर भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय