१४ मंसिर २०७९,
काभ्रे ।
बनेपा नगरपालिका वडा नं ८ को वहि टोलबाट चोरी भएको शाक्यमुनि भगवान बुद्धको मूर्ति पुनः बनेपा ल्याइएको छ ।
वि.सं. २०३१ सालमा हराएको मूर्ति ४ वर्षपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेला परेको थियो । फेला परेपछि छाउनीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बुद्धको मूर्ति संग्रहालयका निर्देशक जय राम श्रेष्ठको सहयोगमा बनेपामै फर्काइएको हो ।
बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ,वडा अध्यक्षहरु, पुरातत्व विभागका अधिकृतको रोहबरमा उक्त मूर्ति वहि वह ज्ञानमाला भजन खलमा हस्तान्तरण गरिएको छ ।
नगरको पुरानो मूर्ति फिर्ता गराउन सहयोग गर्ने राष्ट्रिय संग्राहलयका निर्देशक र पुरातात्व विभागका अधिकृतलाई नगरपालिकाका प्रमुख शाक्यले धन्यवाद व्यक्त गरेका थिए ।