Google search engine

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने

१४ मंसिर २०७९,
काठमाडों ।

निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

आयोगको बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।

बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका छन् । यस्तै स्याङ्जा २ मा चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या अर्याल र स्वतन्त्र उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यस्तै बाजुरामा नेकपा एमालेका कर्णबहादुर थापा र नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine