१० मंसिर २०७९,
काभ्रे ।
काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै दोङ विजयी भएका हुन् ।
दोङले ३४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरे ।
काभ्रेको सबै क्षेत्रमा मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभा क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका छन् भने चार प्रदेश सभामा गठबन्धनले जित हात पारेको छ ।