८ मंसिर २०७९,
काभ्रे ।
काभ्रे प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै लम्साल निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरे ।
यसअघि २०७४ मा भएको निर्वाचनमा पनि लम्साल सोही क्षेत्रबाट विजयी भएका थिए ।