८ मंसिर २०७९,
काभ्रे प्रतिनिधिसभा १ को प्रदेश सभा (क) का लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रत्न ढकाल फराकिलो मतान्तर सहित विजयी भएका छन् ।
नेकपा माओवादी तर्फका ढकालले ९ हजार ४ सय ४२ मतान्तरले नेकपा एमालेका उम्मेदवार दिल बहादुर तामाङ (दिलिप)लाई पराजित गरेका हुन् । ढकाल २० हजार ७ सय २० मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिपस्र्धी लामाले ११ हजार २ सय ७८ मत प्राप्त गरे ।
विजयी ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन । यस अघि २०७४ सालमा सम्पन्न निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।