Google search engine

मकवानपुर–१ मा राप्रपाका दिपकबहादुर सिंहको सरप्राइज जित

८ मंसिर २०७९,
मकवानपुर ।

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई पछि पार्दै जित हाँसिल गरेका हुन् ।

सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४३४ मत प्राप्त गरिन् ।

सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिनाले अग्रता लिएपनि हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपत्र खोलेपछि सिंहले अग्रता बनाृउदै २ हजार ३९६ को मतान्तर बनाउन सफल भए । सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न नसकेका सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि सरप्राइज नतिजा हो । सिंह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय