८ मंसिर २०७९,
भक्तपुर ।
भक्तपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल भारी मतान्तरले निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।
सुवालले नेकपा एमालेका नवराज गेलाललाई तेब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् । सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका छन् ।