८ मंसिर २०७९,
ललितपुर ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् ।
उनी ३१ हजार १३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरे । डा. कार्की खड्कालाई १८ हजार १६३ मतले पछि विजयी भएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल भने तेस्रो स्थानमा रहिन् । उनले ८ हजार ७६९ मत प्राप्त गरिन् ।