Google search engine

भक्तपुर २ मा महेश बस्नेत पराजित, कांग्रेसका दुर्लभ थापा विजयी

८ मंसिर २०७९,
भक्तपुर ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८२० मत पाएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine