७ मंसिर २०७९,
झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।
ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा काँग्रेसका अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ।
२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।