७ मंसिर २०७९,
झापा ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।
शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले तेश्रो पटक भने बाजी मारेका छन् ।
यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।