७ मंसिर २०७९
बाग्लुङ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा सदस्यमा बाग्लुङबाट खाता खोलेको छ ।
जनमोर्चाका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भए । केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मतान्तरले विजय भएका हुन् । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरे ।