Google search engine

माओवादीले सिन्धुलीबाट खोल्यो खाता, लेखनाथ दाहाल विजयी

७ मंसिर २०७९,
सिन्धुली ।

नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी भएका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । राप्रपाका भिष्मराज श्रेष्ठले भने १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय