Google search engine

काठमाडौंका तीन वटा क्षेत्रमा बज्यो घण्टी

७ मंसिर २०७९,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छिन् ।

गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगरले ९ हजार ४४९ मत पाइन् । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मतसहित तेस्रोमा रहिन् ।

त्यस्तै काठमाडौं–७ मा स्वतन्त्र पार्टीबाट गणेश पराजुली निर्वाचित भएका छन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरिन् ।

काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत तथा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय