Google search engine

बाँके २ मा राप्रपाका धवल शमशेर राणा विजयी

७ मंसिर २०७९,
बाँके ।

बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्दै राणा निर्वाचित भएका हुन् ।

राणाले २९ हजार ५७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

विजयी भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भएका थिए भने पराजित राई २०७४ साल र २०६४ सालमा सांसद पदमा निर्वाचित भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine