Google search engine

उपाधि दावेदार मानिएको अर्जेन्टना पहिलो खेलमै पराजित

६ मंसिर २०७९ ।

फिफा विश्वकप फुटबलको आफ्नो पहिलो खेलमै उपाधि दावेदार भनिएको अर्जेन्टिना पराजित भएको छ । सोमबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा १ गोलले पछि परेको अरेबियाले दोस्रो हाफमा आक्रामक खेल खेल्दै २ गोल गरेपछि जित सुनिश्चित गरेको हो ।

खेलको ४८ औं मिनेटमा अल–शहरानीले पहिलो गोल गरेका थिए । त्यसपछि ५३ औं मिनेटमा सलेम अल–दवसारीले गोल गरे ।

अर्जेन्टिनाका लागि १० औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका थिए । अर्जेन्टिनाका लागि दोस्रो गोल लाउटारो मार्टिनेजले गरे पनि अफसाइडका कारण रेफ्रीले रद्द गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine