६ मंसिर २०७९
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ । काठमाडौं क्षेत्र नं. २ प्रदेश (क) मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।
उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।
केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् । पराजित श्रेष्ठ बागमती प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।