६ मंसिर २०७९.
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट ह्याट्रिक जित हासिल गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।
ृउनका निकटतम प्रतिस्पर्धी राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।
काठमाडौं क्षेत्र नं. १ मा पनि राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलार्य पछि पार्दै नेपाली कांग्रेसकै प्रकाशमान सिहले जित हात पारेका छन् ।