५ मंसिर २०७९,
मुस्ताङ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलचनलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
उनले नेकपा एमालेका तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।