Google search engine

प्रधानसेनापति र प्रमुख निर्वाचन आयुक्तबीच भेटवार्ता

२ मंसिर २०७९,
काठमाडौं ।

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षा व्यवस्थापनबारे आज प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग भेटवार्ता गरेका छ ।

आयोगको कार्यालयमा भएको भेटमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारबाहीबारे जानकारी गराएका थिए । अहिलेसम्मको स्थलगत निरीक्षण, प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवम् खटिएका कर्मचारीहरूसमेत पुर्‍याउन सेनाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भनी प्रशंसा गरे ।

भेटमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय