Google search engine

नमोबुद्धमा नमूना मतदान

नमोबुद्ध ।

नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन गरिएको छ ।

नमोबुद्ध नगरपालिकाको संयोजनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको नमूना मतदान कार्यक्रममा सो क्षेत्रका स्थानीयको सहभागिता थियो ।
नमोबुद्ध नगरप्रमुख कुन्साङ लामा, नगर कर्मचारी, स्थानीयवासी, शिक्षक, नमूना मतदानमा सहभागी भएका थिए ।

मतदान प्रकृया, बदर हुने तरिकाबारे लगायतका बिषयमा जानकारी र अभ्यास गराउन नमूना मतदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख रहेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले काभ्रेका विभिन्न स्थानमा नमूना मतदान सञ्चालन गरिएको जानकारी दिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय