Google search engine

एमालेभित्र राजा आऊ देश बचाउ भन्ने मान्छे मात्रै छन्ः हितमान शाक्य

२९ कात्तिक २०७९,
काभ्रे ।

नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आऊ देश बचाउ भन्ने मान्छे मात्रै भएको बताएका छन् ।

काभ्रेको पनौती नगरपालिकामा माओवादी केन्द्रको नगरस्तीय कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेमा अब राजा आऊ देश बचाउ भन्ने मान्छे मात्रै बाँकी भएको बताएका हुन् ।

‘कोही मान्छे भ्रममा होलान्, तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आऊ देश बचाउ भन्ने मान्छे मात्रै छन्’ उनले भने ।

माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्ज समेत रहेका उनले एमाले अध्यक्ष केपी ओलीभित्र तानाशाही निरंकेश प्रवृत्ति भएको रहेको समेत औल्याए ।

‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो’ उनले भने ।

उनले मुलुकलाई संकट पर्दा जहिल्यै पनि कांग्रेस माओवादी एक ठाउँमा उभिएको इतिहास स्मरण गराए । मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सबैले आआफ्नो गुनासालाई छाडेर गठबन्धनका उम्मेदवारको चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले अहिलेको निर्वाचनको प्रणाली मुलुकले धान्न नसक्ने खालका भएकाले यसबारे अब छलफल र बहस गर्नुपर्ने समेत बताए ।

कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ, क्षेत्र नं. २ का साझा उम्मेदवार शिव हुँमागाई लगायतले सम्बोधन गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय