२९ कात्तिक २०७९,
काठमाडौं ।
आगामी निर्वाचनका सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु मंसिर ४ र ५ गते बन्द हुने भएका छन् । मतदानस्थल रहेका शिक्षण संस्थाहरु भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।
गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।
आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।