Google search engine

ट्रेड युनियनले गर्यो उम्मेदवार भेटघाट तथा मजदुर प्रशिक्षण

२६ कात्तिक २०७९,
धुलिखेल ।

नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको आयोजनामा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बाम लोकतान्त्रिक उम्मेदवारहरुसँग भेटघाट तथा मजदुरहरुलाई प्रशिक्षण कार्यक्रम गरिएको छ।

शनिबार धुलिखेल मिराबेल होटलमा भएको कार्यक्रममा प्रतिनिधि सभा २ का साझा उम्मेदवार शिवप्रसाद हुमगाई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईं, नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समयोजक भोला अर्याललगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै गठबन्धनको उम्मेदवार हुमगाईले ट्रेड युनियनमा रहेर काम गरेको मजदुर हरुको हितका लागि निरन्तर लागि रहेको बताए। हरदम मजदुर हक अधिकार सुरक्षा ज्यला दर स्थायी नभएको विषयमा निरन्तर लागि रहेको साझा उम्मेदवार हुमगाईले बताए।

नीतिगत व्यावहारिक रुपमा मजदुरहरुको हितका लागि सधै लाग्ने कहिले पनि श्रमजीवीको बाटो नबिराउने सबैखाले प्राप्तिलाई रक्षा गर्न गठबन्धनबाट आफ्नो उम्मेद्वारी रहेको उनले बताए। `मजदुर सबैले आगामी हुने मङ्सिर ४ गते जिल्लाको ६ जना नै साझा उम्मेदवार लाई जिताउनुपर्छ। तपाईहरुको मत गलत व्यक्तिलाई परे हित नहुने हुमगाइको भनाइ थियो।’

कार्यक्रममा प्रतिनिधिसभा २ प्रदेशसभा (क) का उम्मेदवार लक्षमण लम्सालले हरेक खाले वर्गको हितका लागि यो निर्वाचन प्रक्रियामा रहेको बताए । सबै क्षेत्रमा रहेका मित्रहरुले गठबन्धनको साझा उम्मेदवारहरुलाई मतदान गर्न अहवान गर्नुपर्ने बताए। मजदुरहरुका मुद्दाहरु उठाउनुपर्ने तहदेखि सदनसम्म उठाउँदै आएको आगामी दिनमा पनि त्यो निरन्तर रहने लम्सालले बताए। यो निर्वाचन हाम्रो एजेन्डाले अघि सारेका सबैखाले मुद्दाको रक्षा गर्न यो निर्वाचन साझा उम्मेदवारहरुले जित्नुपर्नेका उनले जोड दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य एवं प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईंले श्रमिक वर्गका लागि पहिलो अवाज उठाउने पार्टी माओवादी भएको सबै मजदुर हरुको हितमा सबैखाले माग हरु पूरा भएको छ कि छैन भन्ने माओवादी पार्टीलाई जानकारी भएको बताइन्।

मजदुर तथा श्रमजीवी वर्गको हित र उनीहरूका हरेकखाले समस्या समाधानमा माओवादी लागिरहेको छ, उनले भनिन्, मुलुकको आवश्यकताले गर्दा हामी गठबन्धन गरेर अहिले यो निर्वाचनमा होमिएका छौं। संविधानको रक्षा गर्न हामी एक भएर निर्वाचनमा गएका छौं। सबै वर्गको रक्षा गर्न अब बन्ने सरकार मात्र सक्षम हुने उनको भनाइ थियो।

कार्यक्रममा माओवादी केन्द्र काभ्रे जिल्ला समयोजक एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार भोला अर्यालले अब एक हप्ता बाकी समयमा गठबन्धनको उम्मेदवारलाई जिताउन सबै लाग्नु पर्ने बताए। मजदुरहरुको हरेक खाले चुनौतीहरु पूरा गर्नको लागि अहिलेको साझा उम्मेदवारहरुले जितेर हरपल लाग्ने र मजदुरहरुको हकहितका लागि सधैमा माओवादी पार्टी लागिरहने उनले बताए।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिब दैब लाल घिसिङले गठबन्धन साझा दलहरुको उम्मेदवारहरुको जानकारी सबैलाई दिदै निर्वाचनमा मतदान गराउन अपिल गरे।

अखिल नेपाल ट्रेड युनियनको धुलिखेलमा उम्मेदवार भेटघाट तथा मजदुर प्रशिक्षण कार्यक्रममा जिल्ला समयोजक होम बहादुर खुलालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राखदै राम गोपल भुजेलले मजदुरहरु एक हौ भन्ने नारा मात्र एक रहेको मजदुरलाई हेर्ने सबै पार्टीको नजर फरक रहेको उनको भनाइ थियो। कोभिडपछि मजदुरहरु ठुलै मारमा रहेको ५० प्रतिशत भन्दा धेरै मजदुरहरुले रोजगारी गुमाउनुपरेको उनले बताए।

मजदुर ट्रेड युनियन जिल्ला सचिब राजन अधिकारीले कार्यक्रम सञ्चालक एवं मजदुरहरुलाई गठबन्धनको पक्षमा मत खसाल्न प्रशिक्षण दिइएको थियो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय