२४ कात्तिक २०७९,
काभ्रे ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदैं गर्दा एमाले परित्याग गर्नेको संख्या बढ्दै गएको छ । एमाले पूर्व जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित २५ जना विभिन्न नेता कार्यकर्ताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा एमाले परित्याग गरेका हुन् ।
मल्लसहित संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्ण बहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गसहित २५ जना एमाले छोड्दै कांग्रेस प्रवेश गरेका छन् ।लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं २ का साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद शिवप्रसाद हुमागाईले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमालेमा व्यक्तिवादी र हैकमवादी प्रवृती हाबी भएको, एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार भ्रष्ट्राचारमा लिप्त भएको, ७० करोड टेप प्रकरणमा मुछिएको, कार्यकर्तालाई रुखो बोलेर हेप्ने समेत गरेकोले भ्रष्ट्राचारमा लिप्त गोकुलप्रसाद बास्कोटालाई जिताउन मन नलागेर एमाले परित्याग गरेको बताए ।
यसैगरी आजै धुलिखेल ८ का दर्जनौं युवाहरू एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन । धुलिखेल ८ बाट श्याम लामाको नेतृत्वमा दर्जन भन्द बढी नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमा श्याम थिङ, चन्द्र लामा, सिताराम तामाङ, इन्द्र बहादुर तामाङ, सचिन तामाङ लगायत रहेका छन् ।
नव प्रवेशी युवाहरुलाई नेपाली कांग्रेस काभ्रेका सभापति एवं काभ्रे प्रतिनिधि सभा १ (ख) लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार तिर्थ लामाले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, नेता इश्वरी ओझा, जिल्ला सदस्य निराजन जंगम, प्रदेश कोषाध्यक्ष रमेश लामा लगायत सहभागी भएका थिए ।