काभ्रे ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण गरेकी छिन् ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को सन्दर्भमा डिआईजी बज्राचार्यले जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण गरेकी हुन् । कार्यलय निरीक्षण गर्दै उनले निर्वाचनमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
निरीक्षणका क्रममा उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गरेकी थिइन् ।