Google search engine

प्रहरी जवान आधारभूत तालिम २-४ समूहको दीक्षान्त समारोह सम्पन्न

२२ कात्तिक २०७९,
चितवन ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम २-४ समूहको दीक्षान्त समारोह आज मंगलबार सम्पन्न भएको छ । २०७८ पौष ०१ गतेदेखि सञ्चालन भएको तालिम कात्तिक २२ गते सम्पन्न भएको हो ।

समारोहमा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) सन्दिप भण्डारीले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गरेका छन् ।

पुरस्कार वितरण गर्दै भण्डारीले आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित भएको कुरामा पूर्ण विश्वस्त बताउदै संवेदनशील हुन दीक्षित जवानहरुलाई आग्रह गरे । उनले आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको बताए ।

सम्बोधनकै क्रममा नायब महानिरीक्षक भण्डारीले नव दीक्षित संगठनका सदस्यहरूले संगठनको गौरवमय परम्परा, आदर्श र गरिमालाई बुझेर यसलाई उच्च राख्नमा योगदान दिनेमासमेत विश्वस्त बताए । साथै प्रहरी संगठनको नीति र आवश्यकता अनुसार संचालित तालिमको माध्यमबाट आफ्नो पदमा रही निर्वाह गर्नुपर्ने भूमिका र कार्य सम्पादनका लागि आवश्यक ज्ञान, सीप, कौशल र धारणामा सकारात्मक परिवर्तन तथा विकास भएकोमा समेत विश्वस्त रहेको उनको भनाइ थियो ।

समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी निरीक्षक मनिष श्रेष्ठले प्रस्तुत गरेका थिए भने उक्त शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराएका थिए ।

कुल ८७ जना प्रशिक्षार्थीहरू दीक्षित प्रहरी जवान आधारभूत तालिम २-३ समूहमा सर्वप्रथम प्रहरी जवान सन्दिप भट्ट, सर्वद्वितीय तथा शारीरिक व्यायाम प्रथम प्रहरी जवान टोप बहादुर साउद, सर्वतृतीय तथा प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी जवान राजिन्द्र कुमार रावल, अध्ययन प्रथम प्रहरी जवान धिरज मेहता, कवाज प्रथम प्रहरी जवान रूपेश श्रेष्ठ र चाँदमारी प्रथम प्रहरी जवान दिनेश महतरा भएका छन् ।

दीक्षान्त समारोहमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनकी परीक्षा नियन्त्रक प्रा. डा. सुनिला राई, चितवन मेडिकल कलेज भरतपुरका एसोसियट प्रोफेसर बिनिता पौडेल अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं.३ गढिमाइ बाहिनी मुख्यालय, मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण बहादुर सिंह, भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. कृष्ण पौडेल, काली बहादुर गण भरतपुरका प्रमुख सेनानी अच्यूत घिमिरे, जिल्ला स्थित सरकारी कार्यालयका प्रमूखहरु, जिल्ला सुरक्षा समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine