Google search engine

कांग्रेसको पनौती– काठमाडौं सम्पर्क समिति पुनर्गठन, सभापतिमा भगवान केसी

काठमाडौं ।

पनौती–३ का भगवान केसीको सभापतित्वमा नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन गरिएको छ । काठमाडौंमा सोमबार भएको भेलाले केसीको सभापतित्वमा समिति पुनर्गठन भएको हो ।

उपसभापतिमा बालकृष्ण हुमागाई र राजु श्रेष्ठ, सचिवमा रुपक लामिछाने र डालिया सापकोटा, सहसचिव राहुल श्रेष्ठ र कोषाध्यक्षमा उमेशराज न्यौपाने छन् ।सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, उद्धव सिं थापा, डा.रामनारायण श्रेष्ठ, अञ्जन केसी, गणेश आचार्य, विनोद सापकोटा, सुनिल दुवाल, सुमन लामिछाने, कुमार आचार्य, मञ्जु वञ्जारा, सन्देश हुमागाई, रवि तामाङ छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै कांग्रेस जिल्ला सभापति एवं प्रतिनिधिसभा १ को प्रदेश सभा (ख) का उम्मेदवार तिर्थ लामाले संविधान भत्काउने र बचाउने विचको लडाई भएकोले संविधानको रक्षा, विकास र समृद्धीको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, कांग्रेस नेता प्रकाश थापा, पनौती नगर सभापति रामशरण भण्डारी लगायतले लोकतान्त्रिक–बाम गठबन्धनको विजय गराउनुपर्ने भएकोले सबै जना परिचालित हुन अनुरोध गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय