Google search engine

सबैले हेर्नयोग्य महाभारत बनाउँछौंः लालध्वज

महाभारत, काभ्रे ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्यमान दोङ लालध्वजले काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकालाई हेर्नयोग्य बनाउन आफूहरुको पहिलो प्रयास हुने बताएका छन् ।

महाभारत गाउँपालिका वडा नं. ३ फोक्सिन्टारको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विकासका लागि महाभारतबाट सिंगै जिल्लाले सिक्न सक्ने, प्रेरणायोग्य महाभारत बनाउनका लागि आफूहरुको पहलकदमी रहने बताएका हुन् ।

महाभारतको दीर्घकालीन विकास निर्माणका कामहरु आफूहरुकै पालामा सुरु भएको बताउँदै उनले महाभारतका जनताका सबैखाले समस्यामा आफूहरुको साथ रहने बताए । कोखाजोर जलविद्यूत परियोजनाको काम आफूहरुकै पालामा प्राथमिकताका साथ प्रारम्भ गरेर सम्पन्न गर्नेतिर आफूहरुको ध्यान रहने उनको भनाई थियो ।

उनले थपे, ‘महाभारतका विकास निर्माणसम्बन्धी जेजस्ता समस्याहरु छन्, त्यको समाधान र्ने मुख्य दायित्व हाम्रो हो । आवश्यक योजना र सल्लाह गरेर हामी महाभारतको विकासको खाका कोर्छौ ।’ प्रदेशसभा क का उम्मेदवार रत्न ढकालले महाभारतका विकास निर्माणका काममा बजेट अभाव हुने नदिने प्रतिबद्धता व्यक्त गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय