१७ कात्तिक २०७९,
काठमाडौं ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।
पाकिस्तानको पूर्वी सहर वजिराबादमा बिहीवार एक विरोध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो । घटनामा अरु पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।
पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरको अनुसार पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको छ । खान चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भएका थिए ।